केन्या : जब बच्चाकाे मन भुलाउन आमाले ढुङ्गा पकाइन्...

 वैशाख १९, २०७७ शुक्रबार ६:४७:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घटना घटेकाे छ । 

कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । 

आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ । 

पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् । 

उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन् । 

पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् । 

केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन् । उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’ 

केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रदिप तिमिल्सिना

    May 1, 2020, 7:06 a.m.

    गरिब दिनदुखिलाइ नहेर्ने नालायक सरकार हुँदाको परिणाम हो। सलाम छ सहयोगी हातहरुलाइ । नेपाल र केन्याको सरकार एउटै रहेछ। धनी र भ्रस्टहरुको लागि मात्र।।

  •  0 Reply

तपाईको प्रतिक्रिया