सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पान...
चैत २, २०८१ शनिबार
काठमाण्डाै – नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएकाे वातवारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।
नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलो पटक नेपालभर नै ग्रीन सिग्नल देखिएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो । 'हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ, त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ । अहिले यी सबै कम चलेका कारण प्रदूषण कम भएको हो', प्रवक्ता जोशीले भन्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो अर्थात् बसोबासका लागि योग्य, अक्वा एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्यको सङ्केत देखाउने गरेको पनि प्रवक्ता जोशीले बताउनुभयो ।
नेपालमा काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा केही दिनदेखि नेपालभर हरियो सङ्केत देखिएको छ । अत्यन्तै प्रदूषण हुने सिमरा र नेपालगञ्जमा अक्वा १५ भन्दा तल झरेको छ भने सौरहा, दाङलगायतमा ४० भन्दा कम छ ।
नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको र सबैभन्दा बढी प्रभाव पार्ने उद्याेग र गाडी कम चलेकोले पनि प्रदूषण कम भएकाे हाे । सीमावर्ती क्षेत्रहरुमा भारतीय वायुको कारण पनि प्रदूषण धेरै हुने गरेकोमा अहिले भारतमा समेत लकडाउन रहेकोले वायु प्रदूषण निकै कम भएको प्रवक्ता जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।