रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना सङ्क्रमणबाट सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेको छ ।
संगठनमा प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा पहिले नै गर्नुपर्ने मागलाई खारेज गर्दै सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गर्नुभएको हो ।
उहाँले, संगठनले ३० जनवरी अर्थात् माघ १६ गते नै सबै देशलाई सतर्क हुन अपिल गरिएको स्पष्ट पार्नुभयो । माघ १६ गतेसम्म चीनबाहिर ८२ जनामा मात्र कोभिड–१९ पुष्टि भएको थियो र कसैको पनि ज्यान गएको थिएन ।
अनलाइन पत्रकार सम्मेलनको क्रममा संगठनले सोमालिया, हाइटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सिएरालियोन र उत्तरी नाइजेरिया जस्ता देशमा पनि कोभिड-१९ को सङ्क्रमण चिन्ताजनक तरिकाले अघि बढिरहेको बताएको छ । संगठनले कोरोना भाइरस प्राकृतिक रुपबाट नै विकसित भएको दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस, चीनको वुहान शहरमा रहेको प्रयोगशालामा बनाइएको आरोप लगाउँदै आउनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताउनुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोक्न चीन असफल भएको भन्दै अमेरिकी प्रतिबन्धको तयारी गरिरहेको बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।