सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको मृत्युदरमा बेल्जियम विश्वभर सबैभन्दा प्रभावित भएको देश हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले पनि यसबारेमा भनेका थिए, जसमा बेल्जियम सबैभन्दा माथि छ भने अमेरिका सातौँ स्थानमा छ । यो दर जनसङ्ख्याको अनुपातमा भएको मृत्युको तुलना गरेर निर्धारित गरिएको हो ।
अमेरिका यो महामारीविरुद्ध निकै प्रभावकारी ढङ्गले लडिरहेको ट्रम्पले बताएका थिए । बेल्जियमको जनसङ्ख्या एक करोड १५ लाख छ । यसको आधारमा बेल्जियममा कोरोना सङ्क्रमणबाट हरेक एक लाखमा ज्यान गुमाउनेको सङ्ख्या ६६ छ । अमेरिकाको जनसङ्ख्या ३३ करोड छ र जोन्स हप्किन्सको तथ्याङ्क अनुसार हर एक लाखमा अमेरिकामा १९ जनाको मृत्यु कोरोनाबाट भएको छ ।
तर बेल्जियम का भायरोलोजिस्ट और सरकार का प्रवक्ता प्रोफेसर वान गुएस्ट यी तथ्याङ्कको तुलना गर्नु निकै गलत भएको बताउँछन् । उनी भन्छन्, ‘यो सार्वजनिक स्वास्थ्य विज्ञान र राजनीतिक मनसायबीचको फरक हो । यो तुलना हामी कति राम्रो काम गरिरहेका छौँ भन्ने मनसायले देखाउन खोजिएको हो र यो गलत छ । वास्तवमा हामी धेरै राम्रो तारिकाबाट महामारीको सामना गरिरहेका छौँ ।’
आफूहरुले जसरी सङ्ख्या गन्ने काम अरु देशले नगरेको बेल्जियमका अधिकारीहरुको दाबी छ । अधिकारीहरुका अनुसार बेल्जियमले अस्पताल र केयर होममा ज्यान गुमाउनेको सङ्ख्या गनिरहेको छ । अधिकारीहरुले भने, ‘केयर होममा जो संदिग्ध छन्, उनीहरुको मृत्युलाई पनि गनेका छौँ, यद्यपि उनीहरुको पुष्टि नभए पनि ।’
बेल्जियमको पछिल्लो तथ्याङ्कका अनुसार आठ हजार आठ सय तीन मृत्युमध्ये ५३ प्रतिशत मृत्यु केयर होममा भएको हो । केयर होममा मृत्यु हुनेमध्ये १६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बाँकी सबै संदिग्ध थिए । यसको अर्थ तीन हजार पाँच सय जनाको मृत्यु कोभिड–१९ सङ्क्रमणबाट हुने मृत्युमा समावेश गरिएको छ, जबकि यी मृत्युमा कोरोनाको पृष्टि भएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।