सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – विश्वकाे ठूलाे हिस्सा लकडाउनसँग जुधिरहेकाे छ । उपभाेक्ताले खर्च गरिरहेका छैनन् र कैयाैँ उद्याेग त बन्द हुने अवस्थामा पुगेका छन् ।
तर प्राविधिक क्षेत्रका केही ठूला कम्पनीहरुमा काेराेना महामारीकाे झिनाे असर मात्र परेकाे देखिन्छ ।
याे सङ्कट समाधान भएपछि यी प्राविधिक कम्पनीहरु झन् मजबुत भएर उभिने अनुमान गरिएकाे छ ।
पछिल्लाे केही दिनमा गूगलमाथि स्वामित्व राख्न कम्पनी अल्फाबेट एप्पल फेसबुक र अमेजनकाे नतिजा आएकाे छ ।
गाफा (गूगल एप्पल फेसबुक र अमेजन) ग्रुपबाट चर्चित यी कम्पनीहरु खतरनाक रुपमा शक्तिशाली भएकाे छ र यिनीहरु टुक्रिनुपर्ने जानकारहरु बताउँछन् ।
गूगल र फेसबुक
गूगल र फेसबुक दुवै पूर्णरुपमा विज्ञापनबाट हुने कमाइमा निर्भर छन् ।
विज्ञापन दिने कम्पनीले आफ्नाे मार्केटिङ बजेटमा कटाैती गरिरहेकाे अवस्थामा गूगल र फेसबुक जस्ता कम्पनीहरुले कष्टपूर्ण समय कटाइरहेकाे हामी साेच्छाैँ ।
गएकाे मार्चमा अल्फाबेट का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले विज्ञापनबाट हुने कमाइमा अचानका कमी आएकाे बताएका थिए । तर कम्पनीकाे शेयर मूल्यमा आएकाे उछालले कम्पनीकाे ब्यालेन्स शिटमा सुधार सुरु भएकाे बताइएकाे छ ।
फेसबुकले पनि काेराेना भाइरसकाे कारण विज्ञापन काराेबारमा केही असर पुगेकाे बताएकाे थियाे । तर पछिल्लाे तीन महिनामा पनि विज्ञापनबाट हुने कमाइ बढेकाे देखिएकाे छैन ।
अर्काेतर्फ अखबार र टीभी च्यानलकाे काराेबार पनि धराप बन्दै गइरहेकाे छ ।
एप्पल र अमेजन
यसैबीच एप्पलकाे हार्डवेयर व्यापार अर्थात् उसकाे फाेन बिक्रीमा कमी आएकाे छ तर कम्पनीकाे सर्भिसबाट हुने व्यापारमा भने वृद्धि भएकाे छ ।
अनलाइन रिटेल व्यापारकाे ठूलाे खेलाडी अमेजनकाे काराेबार तीव्र गतिमा बढिहरकाे छ । यसकाे क्लाउड कम्प्युटिङ व्यापारमा पनि राम्राेसँग चलिरहेकाे छ ।
यद्यपि काेराेना भाइरससँग जुध्न कम्पनीकाे खर्च अवश्य बढिरहेकाे छ ।
यसकाे कारण जेफ बेजाेसले लगानीकर्तालाई चुप रहन चेतावनी दिनु परेकाे थियाे । उनकाे लागि मुनाफा मात्रै सबथाेक नभएकाे सङ्केत थियाे । तर पनि सफलताका लागि खर्च गर, खर्च गर र गरी राख काे नीतिले नै उनलाई विश्वकाे धनी व्यक्तिमध्ये एक बनायाे ।
काेराेना सङ्कटपछि जेफ बेजाेस र उनकाे कम्पनी अझ सशक्त बनेर उभिने सङ्केत पनि देखिएकाे छ ।
कडा नियम लागू गर्न माग
अर्काे ठूलाे प्राविधिक कम्पनी माइक्राेसफ्टका सत्या नडेलाले यही हप्ता आफ्नाे कम्पनीले दुई महिनामा दुई वर्ष बराबरकाे कायापलट गरेकाे बताएका थिए ।
फलस्वरुप कम्पनीकाे नतिजा पनि राम्रै आइरहेकाे छ । नडेलाका अनुसार क्रान्तिकारी विकासकाे याे प्रक्रिया अझ द्रूत गतिमा बढाउने हाे भने कम्पनी अझ प्रभावशाली हुनेछ ।
तर जसरी कम्पनी सफल हुँदै गएकाे छ, यसले कम्पनीलाई पहिलेकाे भन्दा शक्तिशाली बनाएकाे छ ।
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाका आर्थिक सल्लाहकार भइसकेका ज्यासन फरम्यान कम्पनीमाथि कडा नियम लागू गर्नुपर्ने मागकाे जाेडदार समर्थन गर्छन् ।
काेराेना सङ्कटका कारण यी कम्पनीमाथि दबाब कम हुने फरम्यानकाे आशङ्का छ ।
अमेरिकी शेयर बजार
फरम्यान भन्छन्, 'यदि अवस्था यही रहिरह्याे भने कम्पनीहरु आफूलाई सशक्त बनाउन मरिमेट्ने छन् । वा काेराेना सङ्कटका कारण उनीहरुमाथि लागू नियम केही खुकुलाे हुँदा याे हाम्राे लागि आर्थिक समस्याकाे कारण बन्नेछ ।'
यही हप्ता मात्रै अमेरिका र युराेपमा यस्तै केही डरलाग्दाे आर्थिक आँकडा सार्वजनिक गरिएकाे थियाे । अमेरिकी शेयर बजारमा सुधार देखिएकाे छ । गएकाे महिना पछिल्लाे ३० वर्षमा सबैभन्दा राम्राे देखिएकाे थियाे ।
र याे सबै प्राविधिक व्यापारसँग जाेडिएका कम्पनीका कारण भएकाे हाे । अमेजन र नेटफ्लिक्सकाे शेयरमा गएकाे मार्च १५ देखि ४० प्रतिशतकाे बढाेत्तरी भएकाे पाइएकाे छ ।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे एजेण्डामा डाउ जाेन्स इण्डेक्समा निकै ध्यान दिइएकाे थियाे तर यी प्राविधिक कम्पनीकाे बढाेत्तरी हुन भनेकाे ट्रम्प प्रशासनले कुनै प्रकारकाे कारबाहीमा आफ्नाे इच्छाशक्ति गुमाएकाे प्रस्ट हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।