सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (काेभिड–१९) विरुद्धकाे खाेप तयार हुन सक्नेतर्फ जाेड दिएका छन् ।
टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिममा काेराेनाविरुद्धकाे खाेप आउनेमा विश्वस्त रहेको दाबी गरेकाे बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको औषधि र खोपको विषयलाई लिएर ट्रम्पको आलोचना हुने गरेको छ । यसअघि उनले मानव स्वास्थ्यलाई जोखिम पार्ने खालका खोप परीक्षण गर्न सुझाव दिएको भन्दै आलोचना भएको थियो ।
यस्तै राष्ट्रपति ट्रम्पले विद्यालय खोल्न आवश्यक रहेको पनि बताएका छन् । उमेर धेरै भएका शिक्षकलाई सङ्क्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु आवश्यक भएको उनले बताएकाे बीबीसीले जनाएको छ । तर अमेरिकामा कोरोना भाइरसको जोखिम उच्च रहेकाले विद्यालय खोल्नु झन् खतरा हुने विश्लेषकले बताएका छन् ।
अमेरिकामा सबैभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, यसमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।