सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पान...
चैत २, २०८१ शनिबार
खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ ।
गाउँपालिकाबाट एक हजार ८७ स्थानीय विदेश पुगेकामा एक सय ५९ जनाको अवस्था दयनीय पाइएपछि उनीहरुको यथोचित उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई लिखित आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले गाउँपालिकाबाट वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेको अवस्थामा कोरोना भाइरसबाट सङ्क्रमितम भए पनि उपचार नपाएको जानकारी आएको बताउनुभयो ।
कतिपयले रोजगार गुमाएको, कतिपय खाने र बस्ने समस्याबाटै पीडित भएको दर्दनाक अवस्थाको जानकारी आएपछि गाउँपालिकाले उनीहरुको उद्धार तथा सहयोगका लागि मन्त्रालयलाई आग्रह गरेको हो ।
यूएईमा पुगेको अवस्थामा कोरोना सङ्क्रमित सिकार भएका दुई पालिकावासीको उपचारको व्यवस्था गर्न, रोजगारीको ग्यारेण्टी गर्न र यथाशीघ्र उद्धार गर्नका लागि गाउँपालिकाले मन्त्रालयलाई लिखित आग्रह गरेको जनाएको छ ।
अधिकांश पालिकाले स्वदेशमा रहेका नागरिकको विषयमा मात्र ध्यान केन्द्रित गरिरहेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने विदेशमा पुगेका सर्वसाधारणको अहिलेको अवस्थाका विषयमा वडा-वडाबाट जानकारी लिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।