कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रध...
पुस २२, २०८१ सोमबार
बारा - बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।
सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनु भयो ।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराउनु भयो ।
अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुग्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।
डिल राज पौडेल
May 7, 2020, 8:15 p.m.घुँडा मुनि गोली हान्न कुन कानुनले रोक्यो ???
Nabin Bhandari
May 7, 2020, 7:25 p.m.नेपाल सशस्त्र माथि ढुंगामुडा गर्ने र नेपाली भूमी माथि उपभोग गर्ने भारतीय नागरिकलाई कारवाही गर्नुपर्छ / उनीहरुलाई नेपाली भूमी उपभोग गर्नदिनु हुँदैन /
Naworaj bhandari
May 8, 2020, 9:29 a.m.भारतवाट आउने भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्नुस /
Ramjoshi shah
May 7, 2020, 6:02 p.m.सुझाव गयो कि गएन थाहै हुदैन Sir
पृथ्वी सिंह
May 7, 2020, 5:33 p.m.आखिर कहिले सम्म हामी भारतीयहरुको अवरोध खेप्नु पर्छ? कहिले नाकाबन्दी को मार त कहिले सिमाना विवाद। आखिर के हेरेर बस्नु भएछ हाम्रो सरकार ??