खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - प्रिमियर लिग खेल्ने क्लबका ६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ ।
जुन महिनाबाट प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको आयोजक संस्थालाई यो घटनाले थप धक्का पुगेको छ । सङ्क्रमण देखिएका खेलाडी वा स्टाफको नाम भने गोप्य राखिएको छ ।
सङ्क्रमण देखिएकालाई सात दिनको आइसोलेसनमा राखिएको छ ।
प्रिमियर लिगका क्लबहरुले मंगलबारबाट समूहमा प्रशिक्षण सुरु गरिसकेका छन् । कोरोनाका कारण मार्च १३ तारिखबाट लिग स्थगित रहेको छ । जसका कारण प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेका छन् ।
प्रोजेक्ट रिस्टार्टको योजना अनुसार प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको एफएले यो सङ्क्रमणपछि के निर्णय गर्नेछ भन्ने सबैको चासो रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।