अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - एनएमबि बैंकले भाइबर र मेसेन्जरमार्फत खोलिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोबारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना ल्याएको छ । बैंकले दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था गरेको छ ।
यस योजनाअन्तर्गत अहिलेको कोरोना महामारीको अवधिमा बैंकले आफ्ना ग्राहक वर्गलाई सावधानीपूर्वक मोबाइल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहित गरेको छ ।
डिजिटल बैंकिङ्ग सेवाको दायरा विस्तार गर्दै ग्राहकहरुलाई सहजता प्रदान गर्नु आफ्नो प्राथमिकतामा रहेको बैंकले जनाएको छ । ‘हामी घरमै बसेर ढुक्कसँग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने दिशातर्फ उन्मुख छौँ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग अनुभव परिष्कृत भएको महसुस गराउन भाइबर र म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको जनाएको छ । ‘अहिलेको अवस्थामा यो सेवा सुरुवात गर्नु भनेको सुरक्षाको मामिलामा कुनै सम्झौताबिना ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सुरक्षित वातावरण तयार पार्नु हो,’ विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।