'जर्ज फ्लाेएड' मृत्यु प्रकरण : 'याे केवल हत्या हाेइन, घृणित अपराध पनि हाे'

 जेठ २८, २०७७ बुधबार ७:१४:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जर्ज फ्लाेएडकी भतिजी ब्रुकी विलियम्सले टेक्सासकाे ह्युस्टनमा काकाकाे अन्तिम संस्कारमा मृत्यु प्रकरणबारे केही बताएकी छिन् ।

विलियम्सले जर्ज फ्लाेएडलाई आध्यात्मिक रुपमा एक कार्यकर्ताकाे रुपमा याद गरिएकाे र आफूले सास फेरिरहञ्जेल उनकाे लागि 'न्यायकाे सेवा' गरिरहने बताएकी छिन् । उनले अश्वेत नागरिकलाई हानी पुर्‍याउन कानुनकाे डिजाइन गरिएकाे बताएकी छिन् । 

जर्ज फ्लाेएडकाे मे महिनामा मिनिपाेलिसमा मृत्यु भएकाे थियाे, जहाँ एक श्वेत प्रहरी अधिकारीले झण्डै नाै मिनेटसम्म जर्जकाे गर्धनमा चाकु राखेर घुँडाकाे सहायतमा उनलाई भुइँमा दबाएका थिए । र त्यसकाे केही मिनेटमा नै उनकाे मृत्यु भएकाे थियाे । 

याे घटनाका भिडियाे सार्वजनिक भएपछि अमेरिकी शहरलगायत विश्वभरि नै अमेरिकी प्रहरीकाे कारबाहीकाे शैलीलाई लिएर प्रदर्शन र आलाेचना भइरहेकाे छ । 

जर्जकाे गर्धनमा घुँडा राख्ने प्रहरी अधिकारी डेरेक चाउभिनलाई अदालतमा उपस्थित गराइएकाे छ, जहाँ उनी दाेस्राे डिग्रीकाे हत्या र हत्याकाे आराेपकाे सामना गरिरहेका छन् । 

साथै गिरफ्तार गरिएका अन्य तीन अधिकारीमाथि सहयाेग गरेकाे हत्याकाे आराेप लगाइएकाे छ । जर्ज फ्लाेएडकाे मृत्युपछि उनीहरु सबैलाई पदबाट निकालिएकाे छ ।  

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया