१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – चीनले आफ्ना नागरिकलाई तत्काल अध्ययनकाे लागि अस्ट्रेलिया जाने निर्णय गर्नुअघि सतर्क हुन आह्वान गरेको छ । चीनको शिक्षा मन्त्रालयले अस्ट्रेलियाका विश्वविद्यालयहरू जुलाईमा फेरि खोल्नुअघि त्यहाँ भएको जोखिमलाई ध्यान दिन चेतावनी दिएको छ ।
चीनको शिक्षा मन्त्रालयले कोरोनाको खतरा र अस्ट्रेलियामा एसियालीविरुद्ध देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान भनेको हो ।
अहिले पनि कोरोनाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएकोले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले बताएको छ ।
अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो । अहिले चीन र अस्ट्रेलिबीच राजनीतिक सङ्घर्ष पनि बढिरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिकाे बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अस्ट्रेलियाबीचकाे सम्बन्ध तनावपूर्ण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।