निसान छापमा नयाँ नक्सा राख्न ल्याइएको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै सांसद सरिता गिरीद्वारा संशोधन दर्ता

 जेठ २८, २०७७ बुधबार १७:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसद सरिता गिरीले सरकारले निसान छापमा नयाँ नक्सा राख्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको व्यवस्था खारेज गर्न माग गर्नुभएको छ । 

उहाँले विधेयकमा भएको नक्सासम्बन्धी व्यवस्था खारेजीको माग गर्दै औपचारिक सूचना दर्ता गराउनुभएको छ । उहाँले पर्याप्त प्रमाणबिना नयाँ नक्सा जारी भएको र संविधानको अनुसूचीमा समावेश गर्न लागिएको भन्दै संशोधनको सूचना दर्ता गराउनुभएको हो । 

प्रतिनिधिसभाले सांसदहरुलाई संविधान संशोधन विधेयकमा संशोधनको सूचना दर्ता गराउन मङ्गलबारदेखि ७२ घण्टे समय दिएको छ । तर गिरीको पार्टी जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्ष लिएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया