१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – ब्राजिलमा पछिल्लाे समय काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीव्ररुपमा बढिरहेकाे छ । यही अवस्था रहे आउँदाे जुलाई २९ सम्म काेराेनाबाट हुने मृत्युमा ब्राजिलले अमेरिकालाई पछाडि पार्ने बताइएकाे छ ।
ह्वाइट हाउसले काेराेनालाई लिएर एक प्रक्षेपण गरेकाे थियाे, त्यसैकाे आधारमा याे आशङ्का व्यक्त गरिएकाे हाे । याे प्रक्षेपण अनुसार ब्राजिलमा काेराेना सङ्क्रमणकाे अवस्था यस्तै रहिरहे जुलाई २९ सम्म एक लाख ३७ हजार जनाकाे मृत्यु हुने आशङ्का गरिएकाे छ ।
यसकाे अर्थ आउँदाे ५० दिनमा ब्राजिलमा काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या अहिलेकाे भन्दा साढे तीन गुणाले बढ्नेछ । ब्राजिलमा अहिले सङ्क्रमणकाे अवस्थालाई हेर्ने हाे भने याे असम्भव पनि छैन ।
गएकाे एक महिनामा ब्राजिलमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या झण्डै चार गुणा भएकाे छ । मे ९ सम्म ब्राजिलमा काेराेनाबाट १० हजारकाे मृत्यु भएकाे थियाे र जुन ९ सम्म याे सङ्ख्या बढेर ३८ हजार नाघेकाे छ ।
जुलाई २९ सम्म कुनै दिन काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्यामा ब्राजिलले नयाँ रेकर्ड राख्ने अनुमान गरिएकाे छ । अनुमानका अनुसार जुलाई २९ सम्म ब्राजिलमा एकैदिन चार हजारभन्दा धेरैकाे ज्यान जान सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।