१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – चीनमा दुई महिनापछि एकैदिन सबैभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गएको अप्रिल १३ पछि हिजो एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ । चीनका अधिकारीहरुका अनुसार ३८ जनामा स्थानीय समुदायमा सङ्क्रमण फैलिएको र तीमध्ये ३६ जना बेइजिङका हुन् ।
बेइजिङमा कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी आँकडा सार्वजनिक गर्न थालेयताको यो सबैभन्दा ठूलो सङ्ख्या हो । शुक्रबारसम्म बेइजिङमा सङ्क्रमितको सङ्ख्या ६ जनामात्र थियो । बेइजिङमा कोरोना सङ्क्रमणको नयाँ लहर फैलिने त्रासले खेल र पर्यटनसम्बन्धी कैयाैँ कार्यक्रम रद्द गरिएका छन् ।
कोरोना भाइरसको उद्गम देश मानिने चीनमा कोरोना भाइरसकाे नयाँ सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरुको सङ्ख्या ८३ हजार एक सय ३२ पुगेको छ । जसमध्ये ७८ हजार तीन सय ६९ जना उपचारपछि निको भएका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । एक सय २९ जनाकाे उपचार भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।