१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ - विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७९ लाख नाघेको छ ।
विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ७९ लाख ६ हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका हुन् ।
सङ्क्रमितमध्ये ४० लाख ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् भने चार लाख ३२ हजार नौ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २१ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ ।
कोरोनाबाट धेरै सङ्क्रमित हुने देशहरुमा दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । चौथो नम्बरमा रहेको छिमेकी देश भारतमा तीन लाख २२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएको छ ।
भारतमा कोरोनाको कारण नौ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
यस्तै अर्को छिमेकी देश चीनमा दुई महिनापछि एकैदिन सबैभन्दा धेरै सक्रमित भेटिएका छन् । गएको अप्रिल १३ पछि हिजो एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ ।
कोरोना भाइरसको उद्गम देश मानिने चीनमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ८३ हजार एक सय ३२ पुगेको छ । जसमध्ये ७८ हजार तीन सय ६९ उपचारपछि निको भएका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । एक सय २९ जना उपचार गराइरहेका छन् ।
चीन विश्वका सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका देशहरुको सूचीमा १९ औँ नम्बरमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।