मध्य क्षेत्रमा पनि भित्रियो मनसुन, मौसमविद् भन्छन्– सतर्कता अपनाउन अब ढिलो गर्नु हुन्न

 असार १, २०७७ सोमबार ११:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वमा सक्रिय रहेको मनसुन मध्य क्षेत्रमा प्रवेश गरेको छ ।

यसकै प्रभावले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा वर्षा भएको छ । नेपालमा गएको जुन १२ तारिख अर्थात गएको शुक्रबार दुई दिन ढिलो गरी मनसुन भित्रिएको थियो । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन त्यहीँ सक्रिय थियो । आज भने मध्य क्षेत्रमा भित्रिएको मौसमविद मन्जु बासीले जानकारी  दिनुभयो । 

अहिले मध्य क्षेत्रसहित देशका पश्चिमी र पूर्वी क्षेत्रका केही ठाउँमा पनि पानी परिरहेको छ । अर्का मौसमविद् सजिना शाक्यका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्व र मध्यमा मनुसुनी वायूको प्रभावले वर्षा भईरहेको हो । 

आज प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । 
सोमबार पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।  नेपालमा हरेक वर्ष बाढी पहिरो र डुवानका कारण झण्डै दुई सय जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । 

यसपालिको मनसुन पोहोरको भन्दा अझ सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम झन् धेरै भएको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा सक्रिय रहेको मनसुन आज मध्य क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको पनि मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

यस्तै, मौसमविद्ले अब बाढी पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन  ढिला भैसकेको बताएका छन् । मनसुन यसपालि बढी सक्रिय हुने भएकाले बाढी पहिरोको उच्च जोखिम भएकाले बेलैमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया