विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

 असार १, २०७७ सोमबार १३:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको ज्यान गएको छ ।

अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना सङ्क्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा ४ लाख ५३ हजार ५ सय ६८ जनाले कोरोनालाई जितेका छन् भने ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ ।

यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमित छन् भने ७ हजार ९१ जनाको ज्यान गएको छ । रुसमा २ लाख ४५ हजार ५ सय ८० जना निको भएका छन् ।

चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ३ लाख ३२ हजार ७ सय ८३ पुगेको छ । भारतमा ९ हजार ५ सय २३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया