दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक ल...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुने मौसमविदको भनाई छ । भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्र्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हने मौसमविदले बताएका छन् ।
यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।