चीनले जीपीएस प्रणालीको विकल्प हुन सक्ने प्रणाली अन्तरिक्षमा स्थापना गर्‍याे

३५ भूउपग्रहको सञ्जाल रहेको प्राणालीले पृथ्वीको सबै कुना समेट्ने

 असार ९, २०७७ मंगलबार १९:४४:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले जीपीएस प्रणालीलाई चुनौती दिने प्रणालीकाे लागि आवश्यक अन्तिम भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ ।

अन्तरिक्षमा प्रमुख शक्ति बन्ने होडमा रहेको चीनले आज गरेको प्रक्षेपणपछि अब चीनले अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मा भर पर्नुपर्ने छैन । चीनको एक खर्ब अमेरिकी डलरको बेइदु–३ प्रणाली ३५ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्ने बीबीसीले जनाएको छ ।

बेइदु नेभिगेशन सिस्टम बीडीएसको तेस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्यालिलियो प्रणालीको विकल्प हुनेछ । यो परियोजना सन् २०१२ मा सुरु गरिएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले भविष्यमा स्थायी अन्तरिक्ष स्टेशन राख्ने, मानवलाई चन्द्रमामा उतार्ने र मङ्गल ग्रहमा यान एवम् वाहन पठाउने तयारीको रूपमा बेइदुलाई हेरिएको खबरमा उल्लेख छ । चीनले ती कुरामा सफलता प्राप्त गरेमा अन्तरिक्ष अन्वेषणमा अमेरिकाको प्रतिद्वन्द्वी हुने मानिएको छ ।

चीन र अमेरिकाबीच कोरोना भाइरस, व्यापार र हङकङलाई लिएर तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया