खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – स्वास्थ्य नेतृत्वकर्ता (अधिकारीहरु) ले बेलायत कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरकाे सामना गर्न तयार छ कि छैन भन्नेबारेमा तत्काल समीक्षा गर्नुपर्ने बताएका छन् ।
बिट्रिश मेडिकल जर्नलको प्रकाशित खुला पत्रमा अब आउने क्षति रोक्नको लागि तत्काल कदम चाल्नु आवश्यक हुन्छ भनेर चेतावनी दिइएको छ ।
रोयल कलेज अफ् सर्जनक अध्यक्ष, नर्सिङ, फिजिसियन र जीपीएसलगायतले त्यो पत्रमा हस्ताक्षर गरेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशमा जारी लकडाउनमा व्यापक परिवर्तन गर्ने घोषणा गरेपछि स्वास्थ्य अधिकारीहरुले यस्ताे बताएका हुन् ।
मङ्गलबार प्रधानमन्त्री जोनसनले आउँदो जुलाई ४ देखि पब्स, रेस्टुरेन्ट, चलचित्र र सैलुन फेरि खुल्न सक्ने बताएका थिए ।
दुई मिटरको सामाजिक दुरी अब एक मिटरको हुनेछ, यसको मतलब मानिसहरुले सम्भव भएसम्म दुई मिटरको दुरी कायम गर्नुपर्छ, नभए एक मिटरको दुरी राख्नैपर्छ । यद्यपि दुई मिटरको सामाजिक दुरी स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा यथावत् छ ।
बेलायतमा अहिलेसम्म तीन लाख ६ हजार दुई सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको कारण अहिलेसम्म ४२ हजार नौ सय २७ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।