रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखामा मङ्गलबार छड्के निरीक्षण गर्नुभएको हो ।
निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
सरकारको निर्णय अनुसार कार्यालय दुई शिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नकाे लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।