१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा जुट्नुभएको छ ।
उहाँले अहिले मन्त्रीहरुसँग बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ । हिजो पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै हिजो बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।
केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन । स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।