बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आजदेखि आयात सुरु भएको छ । यसअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले बिहीबारदेखि सामग्री लोड गर्न थालेको हो ।
मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याएको छ । सामग्री बोकेका चार वटा चिनियाँ गाडी जाँचपासको प्रक्रिया पूरा गरेर आज विहान रसुवागढी नाका आइपुगेका रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताउनुभयो । ती सामग्री लिन नेपालतर्फका ८ वटा गाडी नाकामा पुगेका छन् ।
चिनियाँ एउटा गाडीको सामग्री नेपालतर्फका दूईवटा गाडीमा लोड हुन्छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण पनि उपलब्ध गराएको थियो ।
मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण हुने प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने त्रासमा स्थानीयबासिन्दाले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको थियो ।
नाका सञ्चालन नहुँदा झण्डै साढे तीन महिनादेखि राजश्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।