इटलीले १३ देशबाट आउने नागरिकमाथि प्रतिबन्ध लगायो

 असार २६, २०७७ शुक्रबार १५:३:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी रुपमा कोरोना भाइरस सङ्क्रमणको दर बढ्न थालेपछि इटलीले विभिन्न १३ देशबाट आउने नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

ती १३ वटा देशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या धेरै भएकोले यस्तो निर्णय गरेको इटलीले जनाएको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले तयार गरेको १३ देशको सूचीमा अर्मेनिया, बहराइन, बङ्गलादेश, ब्राजिल, बोस्निया एण्ड हर्जगोबिना, चिली, कुवेत, उत्तरी म्यासाडोनिया, मोल्डोभिया, ओमान, पनामा, पेरु र डोमेनिक गणराज्य रहेका छन् । 

इटलीका स्वास्थ्य मन्त्री रोबर्टाे स्पेर्नजाले पछिल्लो १४ दिनमा ती देशमा रहेर फर्किएका र ती देश भएर आएका नागरिकमा यो प्रतिबन्ध लागू हुने बताएका छन् ।

साथै स्वास्थ्य मन्त्री स्पेर्नजाले युरोपेली सङ्घका अरु देश शेन्जेन फ्री मुभमेन्ट क्षेत्रबाट इटली आउनेलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने बताएका छन् ।   

अहिले इटली कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित सूचीको १२ औँ नम्बरमा छ । इटलीमा अहिलेसम्म दुई लाख ४२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३४ हजार नौ सय २६ जनाको ज्यान गएको छ ।   

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया