१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – रूसले काेराेना भाइरसविरुद्धकाे खाेपकाे क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
रूसले कोरोना भाइरसविरुद्धको खोपको मानिसमा गरिएको परीक्षण पनि सफल भएको बताएको छ । रुसको सेचेनोभ विश्वविद्यालयले कोरोना उपचारकाे लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।
क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयंसेवकहरूको पहिलो समूहलाई आउँदाे बुधबार र अर्को समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्ध मानिसमा गरिएको परीक्षण सफल भएको दाबी पनि गरेको छ ।
विश्वविद्यालयले अब खाेपकाे उत्पादन बढाएर मानिसमा प्रयोग गर्न सकिने जनाएको छ । झण्डै आठ महिनाअघि चीनको वुहानमा देखिएको कोरोना भाइरसकाे विरुद्ध खोप बनाउनकाे लागि विश्वका विभिन्न समूह लागिपरेको भए पनि अझै सफलता प्राप्त भएको छैन ।
सेचेनाेभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ् मेडिकल प्यारासिटाेलाेजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार याे पूरै अध्ययनकाे उद्देश्य मानव स्वास्थ्यकाे सुरक्षाकाे लागि काेभिड–१९ खाेप सफलतापूर्वक तयार गर्नु थियाे । मानिसकाे सुरक्षाकाे लागि याे खाेप चाँडै नै बजारमा उपलब्ध हुने उनले दाबी गरे ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाबाट एक करोड २८ लाख ७० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये पाँच लाख ६८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ७५ लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।