१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले रुसका ह्याकर्सहरुले कोरोनाविरुद्धको खोप विकसित गर्ने प्रयास गरिरहेका सङ्गठनलाई निसाना बनाएको बताएको छ ।
ह्याकर्सहरुले रुसको जासुसी सेवाको हिस्साको रुपमा आफ्नो काम गरिरहेको एनसीएससीले दाबी गरेको छ ।
ह्याकर्सहरुले मालवेयर (भाइरस) भाइरसको प्रयोग गरेर कोभिड–१९ को खोपसँग जोडिएको जानकारी चोर्ने कोसिस गरिरहेको बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले जनाएको छ ।
एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घृणित कामको संज्ञा दिएका छन् ।
बेलायत, संयुक्त राज्य अमेरिका र क्यानडाले एक संयुक्त विज्ञप्ति निकाल्दै एपीटी२९ समूह(कोजी बियर) लाई आक्रमणमा जिम्मेवार रहेको बताउँदै निश्चित रुपमा रुसको जासुसी सेवाको हिस्साको रुपमा काम गरिरहेको बताएका छन् ।
‘हामी कोरोना भाइरस महामारीविरुद्ध लड्न महत्त्वपूर्ण काम गर्नेहरुका विरुद्ध गरिएको आक्रमणको भत्र्सना गर्छाैँ’, एनसीएससीका निर्देशक चिचेस्टरले भने ।
बिहीबार अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्ससहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर ह्याक भएको थियो ।
यो बिटक्वाइन स्क्याम ह्याकिङ हो । ह्याक गरिएका एकाउण्टमा गरिएको पोस्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ, ‘सबैले मलाई समाजलाई पहिलेकै अवस्थामा ल्याउन भनिरहेका छन् । अब त्यो समय आइसकेको छ, मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।