अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोपले प्रतिरक्षा प्रणाली थप बलियाे पार्ने सङ्केत, 'ठूलाे सफलता'

खाेप सुरक्षित रहेकाे दाबी

 साउन ५, २०७७ सोमबार २०:२०:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले प्रतिरक्षा प्रणालीलाई सङ्केत दिन थालेको छ ।

खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियाे बनाउने सङ्केत दिन थालेको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । काेभिड–१९ विरुद्धकाे खाेप विकासमा विश्वविद्यालयले ठूलाे सफलता हात पारेकाे हाे ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टिबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने खबरमा उल्लेख  छ । अहिले देखिएका लक्षणहरु कोरोना भाइरसबाट मानिसलाई सुरक्षा प्रदान गर्न पर्याप्त र अत्यन्तै आशाजनक रहेको विश्वविद्यालयले जनाएको छ ।

खोपबारेमा अझ ठूला परीक्षणहरु भइरहेका बताइएको छ । बेलायतले यसअघि नै यस खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एक करोड ४६ लाख ८३ हजारभन्दा बढीमा सङ्क्रमण हुँदा ६ लाख नौ हजारभन्दा धेरैको ज्यान गएको छ । ८७ लाख ६६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । 
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया