अफगानिस्तानकी बहादुर किशोरी, आमाबाबुको हत्या गर्ने तालिवानसँग लिइन् बदला

 साउन ७, २०७७ बुधबार १३:५५:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा एक किशोरीले आफ्नो आमाबाबुको हत्यारासँग बदला लिएकी छिन् । विद्रोही समूह तालिवान लडाकुसँग किशोरीले बदला लिएकाे खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको बहादुरीलाई लिएर प्रशंसा सुरु भएको छ । 

किशोरीले आमाबाबुको हत्यारा दुई तालिवान लडाकुको गएको हप्ता हत्या गरेकी बीबीसीले जनाएकाे छ । अफगानिस्तानको गोर प्रान्तको ग्रीवा गाउँमा गएको जुलाई १७ तारिखमा यो घटना भएको हो । 

त्यहाँका अधिकारीका अनुसार किशोरीले आफ्नो घरमा भएको एके–४७ राइफलमार्फत गोली प्रहार गरेकी थिइन् । गोली लागेर दुई लडाकुको ज्यान गएकाे थियाे भने केही घाइते भएका थिए ।  

किशोरीको उमेर १४ देखि १६ वर्षको हुन सक्ने अनुमान गरिएको छ । किशोरीका बुवा सरकार समर्थक र गाउँका मुखिया थिए । जसका कारण तालिवान लडाकुले किशोरीको घरमा आक्रमण गरेका थिए ।  
प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीका अनुसार तालिवान लडाकुले किशोरीका बुबालाई तान्दै बाहिर ल्याएको र आमाले विरोध गर्दा दुवै जनाको हत्या गरेका थिए । 

त्यसपछि घरभित्र रहेकी किशोरीले एके–४७ बन्दुक ल्याएर विद्रोहीमाथि गोली प्रहार गरेकी थिइन् । 

तालिवानले किशोरीमाथि आक्रमण गर्ने प्रयास गरे पनि त्यो विफल भएको खबरमा उल्लेख छ । सुरक्षाकर्मीले किशोरी र उनका भाइलाई सुरक्षित ठाउँमा लगेका छन् । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया