१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी संसद्काे तल्लाे सदन हाउस अफ् रिप्रेजेन्टेटिभकी स्पीकर तथा वरिष्ठ डेमाेक्रेटिक नेत्री न्यान्सी पेलाेसीले काेराेना भाइरसलाई 'ट्रम्प भाइरस' भनेकी छिन् ।
महामारी सङ्कटलाई राम्राे ढङ्गले सम्हाल्न नसकेकाेले राष्ट्रपति ट्रम्पकाे आलाेचना गर्दै उनले यस्ताे बताएकी हुन् ।
ट्रम्पले मास्क लगाउन अपिल गर्दै 'अवस्था सुधार हुनुअघि अझ खस्किने सक्ने' बताएपछि न्यान्सी पेलाेसीकाे यस्ताे बयान आएकाे हाे ।
सीएनएनसँगकाे कुराकानीमा पेलाेसीले भनिन्, 'राष्ट्रपतिकाे आजकाे बयान सुन्दा लाग्छ, उनले आफ्नाे गल्ती स्कीकार गरेका छन् । मास्क लगाएर वा मास्क लगाउन अपिल गरेर उनले याे बिमारी कुनै अफवाह नभएकाे स्वीकार गरेका छन् । यससम्बन्धमा कुनै कदम नउठाउँदा महामारीकाे अवस्था सुधार हुनुअघि अझ् खराब भएकाे हाे ।'
उनले भनिन् ,'खासमा याे ट्रम्प भाइरस हाे ।'
विश्वभर एक कराेड ५१ लाख ११ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुँदा अमेरिकामा मात्रै ४० लाख २८ हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ । विश्वभर ६ लाख १९ हजारभन्दा धेरैकाे मृत्यु हुँदा अमेरिकामा मात्रै एक लाख ४४ हजार नाै सयभन्दा धेरैकाे मृत्यु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।