इरानले काेराेनाबाट भएकाे मृत्युकाे तथ्याङ्क लुकाएकाे दस्तावेज सार्वजनिक

 साउन १९, २०७७ सोमबार १५:१७:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानले कोरोनाबाट भएको मृत्युको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झण्डै तीन गुणा बढी भएको बीबीसीले जनाएको हो । इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४ हजार चार सय पाँच जनाको कोभिड–१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झण्डै ४२ हजार भएको देखिएको छ ।

सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको दुई लाख ७८ हजार आठ सय २७ नभइ चार लाख ५१ हजार २४ भएको देखिएको बीबीसीले लेखेको छ ।

बीबीसीलाई दिइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ कोरोनाका कारण पहिलो मृत्यु जनवरी २ तारिखमा भएको उल्लेख छ । यो इरानले पहिलो पटक सङ्क्रमण भएको दाबी गरेको  मितिभन्दा एक महिना अगाडि भएको बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया