१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – लेबननको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने चार हजारभन्दा धेरै घाइते भएका छन् ।
एउटा गोदाममा ६ वर्षअघि देखि राखिएको विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) का कारण यो घटना भएको अधिकारीहरुले बताएका छन् ।
लेबननका प्रधानमन्त्री हसन दियाबले यसलाई एक खतरनाक गोदाम बताउँदै त्यो सन् २०१४ मा बनाइएको बताउनुभएको छ । साथै उहाँले यसलाई प्रलयकारी घटना बताउँदै दोषीहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
लेबननका राष्ट्रपति मिशेल आउनले दुई हजार सात सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राख्नु ‘स्वीकार’ नहुने बताउनुभएको छ ।
यो विस्फोटको आवाज दुई सय ४० किलोमिटर टाढा साइप्रससम्म पनि सुनिएको थियो ।
अमोनियम नाइट्रेट एक गन्धहीन केमिकल पदार्थ हो, जसको प्रयोग विभिन्न काममा हुने गर्दछ । खेतीलाई उर्बर बनाउन र निर्माण तथा खन्नको लागि विस्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ ।
यो अत्यन्त विस्फोटक केमिकल हो । आगो लाग्दा यो विस्फोट हुन्छ र खतरनाक ग्यास निक्लिन्छ, जसमा नाइट्रोजन अक्साइड र अमोनिया ग्यास हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।