कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
पुस २६, २०८१ शुक्रबार
विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । मङ्गलबार बिहानसम्म विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ५९ हजार पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
काठमाण्डाै – गएको वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट फैलिन थालेको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म दुई सय १३ देशमा पुगिसकेको छ ।
पछिल्लो ६ हप्तामा मात्र विश्वभर सङ्क्रमण दुई गुणाले बढेको छ । यतिमात्र होइन, मार्च महिनाको मध्यदेखि त सङ्क्रमण दुई सय गुणाले बढेको छ । वर्ल्डाेमिटरका अनुसार विश्वभर अहिलेसम्म सात लाख ३९ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
अमेरिकामा आइतबारसम्म सङ्क्रमणको कुल सङ्ख्या ५२ लाख पुगेको छ, यो सङ्ख्या विश्वका कुल सङ्क्रमितको सङ्ख्याको एक चौथाइ हो । अमेरिका कोभिड–१० सबैभन्दा प्रभावित देश हो, जहाँ सङ्क्रमितको र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ लाख ५१ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६६ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ ।
दोस्राे धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिलेसम्म ३० लाख ५७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजार आठ सयभन्दा धेरैको मृत्यु भएकाे छ । तेस्राे धेरै प्रभावित रहेको भारतमा २२ लाख ६९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४५ हजार तीन सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।