सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
सिरहा – सिरहाको मिर्चैया–कल्याणपुर सडकको मिर्चैया नगरपालिका–३, तीनगछियाबाट बिहीबार अपरान्ह एक व्यवसायी लुटिएका छन् ।
सिरहाकै कल्याणपुर नगरपालिका ११ का राजाराम साहको आफ्नै नाममा रहेको राजाराम मनी ट्रान्सफरका लागि मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट निकालेर लगेको २५ लाख ६० हजार रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी दीपेन्द्र शाहले बताउनुभयो ।
बैंकबाट पैसा झिकेर ज ६ प ८१८५ नम्वरको मोटरसाइकलमा गइरहेको साहलाई दुईवटा मोटरसाइकलमा आएका चारजनाको नचिनेको समूहले पैसा लुटेको प्रहरीले जनाएको छ । निलो र रातो रंगको पल्सर मोटरसाइकलमा आएका लुटेराहरुले आफू चढेको मोटरसाइकल घेरेर गोली ठोक भन्दै घेरेपछि साहले गोली नठोक भनेपछि आफूले रकमसहित झोला जिम्मा लगाएको साहलाई उद्धृत गर्दै प्रहरीले बताउनुभयो । लुटेराहरुले गोली ठोक भने पनि हतियार भने आफूले नदेखेको साहले जनाउनुभयो ।
लुटेराहरुले साहको साथमा रहेको एक थान मोबाइल समेत लगेको जनाएको छ । रकम लुटेपछि लुटेराहरु उत्तरतिर फर्किएर पश्चिम दक्षिण भागेको प्रहरीले जनाए । उनीहरु सिरहा धनुषाको सीमाना कमला नदीतर्फ भागेको जनाएको छ । लुटेरा समूहको खोजीको लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।
यसअघि पनि त्यही ठाउँबाट एक व्यवसायीको ११ लाख रुपैयाँ लुटिएको थियो । बस्ती नभएको र आँपको बगैँचा रहेको त्यही क्षेत्रमा पटक–पटक आपराधिक घटना हुने गरेको मिर्चैयाका एक व्यवसायीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।