कोरोना भाइरस नोट मोबाइलको स्क्रीनमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहनसक्ने : अध्ययन

 असोज २६, २०७७ सोमबार ११:१७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस सोचिएभन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको बीबीसीले जनाएको छ । यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा गरिएको हो । यूभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको छ ।

केही विज्ञहरु भने स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट सङ्क्रमण फैलिने जोखिमलाई लिएर दुविधामा छन् । कोरोना भाइरस मुख्यतया सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गर्छ । यस्तै हावामा रहेका कणहरुका माध्यमबाट पनि भाइरसको सङ्क्रमण भएको प्रमाण छ ।

यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो ।

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया