कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभीरको सडक विस्तार र ढलान...
फागुन २६, २०८१ सोमबार
जाजरकोट – जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ ।
कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उहाँका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।
जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।
पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।