आफ्नो देशको बढ्दो रक्षा बजेटमा चिनियाँ अधिकारीको समर्थन

 फागुन २६, २०८१ सोमबार ९:३२:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको छ । चिनियाँ सेनाका प्रवक्ता वु कियानले ७ प्रतिशतभन्दा बढीको रक्षा बजेटमा भएको वृद्धिलाई समर्थन गर्नुभएको छ ।

चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

यसै हप्ता चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत वा लगभग २ सय ४५ अर्ब डलर हुने घोषणा गरिएको थियो ।

यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ ।

चीनमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश भएकाले विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा योभन्दा धेरै हुन सक्ने बताउँदै आएका छन् ।

बढ्दो रक्षा बजेटको समर्थनमा चीनका अधिकारीहरुले धारणा व्यक्त गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया