विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य

 फागुन २६, २०८१ सोमबार १२:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाँकेका आठ पालिकाले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवम् अनुभव आदानप्रदानसम्बन्धी भएको समन्वय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पालिकाहरूबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रूपले कार्य गर्नका लागि समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवर्द्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा पालिकामा भएका असल अभ्यास र सिकाइको अनुशरण गर्दै एक पालिकाले अर्को पालिकालाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख रहेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो ।

यसबाहेक विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीका लागि सम्बन्धित पालिकाको मौजुदा कानून अद्यावधिक गर्ने, आगलागीको समयमा कुनै पालिकाले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारीपत्रमा उल्लेख छ ।

विपद्को समयमा आवश्यक पर्ने उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवासजस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीहरूको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया