मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – मङ्गलबार काठमाण्डाैका विभिन्न ठाउँमा बिहानभर बत्ती जाने भएकाे छ । काठमाण्डाैका विभिन्न ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकाेले मङ्गलबार बिहान साढे ६ देखि १० बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
रत्नपार्क वितरण केन्द्रकाे टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडि सम्म, टेकु वंशीमार्ग, सुकुम्बासी जाने बाटोसम्म बत्ती जाने भएकाे हाे ।
त्यस्तै कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ हुँदै हनुमन्ते भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भरुङ्गखेल, क्षेत्रपाटी चोक, ढल्कोचोकसम्म बत्ती जाने प्राधिकरणले जनाएकाे छ ।
साथै भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी,काठमाण्डौ बिजनेश पार्क हुँदै वडा नं १२ काे कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बिहान १० बजेसम्म बत्ती जाने भएकाे हाे ।
ताेकिएकाे समयअघि नै काम सकिए बत्ती आइहाल्ने पनि प्राधिकरणले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।