चितवनमा लगाइएको बन्दा र काउलीमा नयाँ रोग
पुस २२, २०८१ सोमबार
दाङ – दाङको देउखुरीमा प्रहरीले जुवाको खालमा छापा मारेर झण्डै डेढ लाख नगदसहित सात जनालाई पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका २ काे लालमटियामा रहेकाे गोपाल खत्रीको घरमा सञ्चालित राप्ती फेमिली रेस्टुरेन्टमा जुवा खेलिरहेका र खेलाइरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा एक लाख ४६ हजार रुपैयाँसहित सात जनालाई पक्राउ गरेको हाे ।
प्रहरीले जुवा खेल्न प्रयोग भएको १० बुक ताससमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका ३ का चुमान सिंह सुनार, अल्ली शाह, एडिस मिँया, अक्कबर हुसेन मिँया र कृष्णबहादुर राना तथा दाङको राप्ती गाउँपालिका २ का यमबहादुर राना र रुपेश आले रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।