एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै
पुस २२, २०८१ सोमबार
दाङ – लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्थानीय उत्पादनको वृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताउनुभएकाे छ ।
दाङको घोराहीमा रहेको सर्वोत्तम बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठाैं वार्षिक साधारण सभामा बाेल्दै उहाँले स्थानीय उत्पादनमा वृद्धि गरी बजारीकरणका लागि लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।
किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा सहकारी बजार सुरु गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढाएको विषयमा उहाँले जाेड दिनुभयाे । यस्तै कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा कार्यक्रम सुरु भएको भन्दै सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिने थालिएको उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।