थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयाे
फागुन २०, २०८१ मंगलबार
बर्दिया – वन्यजन्तु संरक्षण अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दियालाई डिभिजन वन कार्यालय बर्दियाले पहिलो पटक नगदसहित सम्मान गरेको छ ।
विश्व वन्यजन्तु संरक्षण दिवसको अवसरमा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कार्यक्रममा उज्यालोका बर्दिया सहकर्मीसमेत रहनुभएका रेडियो टाइगर बर्दियाका प्रबन्धक भावुक योगीलाई डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले सम्मानस्वरुप सात हजार रुपैयाँ नगदसहित खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो ।
राष्ट्रिय वन क्षेत्रको वन, वातावरण र जैविक विविधता संरक्षणका लागि रेडियोमार्फत जनचेतनामूलक समाचार सम्प्रेषण, संरक्षण शिक्षा प्रचारप्रसार एवं जनचेतना अभिवृद्धि गर्ने काममा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उच्च कदरस्वरुप रेडियो टाइगर बर्दियाका प्रबन्धक योगीलाई सम्मान गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो ।
संरक्षण अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै डिभिजन वन कार्यालय बर्दियाले पाटेबाघको आक्रमणमा परि एउटा आँखा गुमाउनुभएका संरक्षणकर्मी मधुवन नगरपालिका ३ खाताका भदै थारु र चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका पूर्वअध्यक्ष ठग्गु थारुलाई सम्मान गरिएको छ ।
स्थानीय समुदायमा वन, वातावरण र जैविक विविधता संरक्षणका लागि सचेतना अभिवृद्धि गरी वन अपराध नियन्त्रण एवं हरियाली प्रवर्द्धनका लागि पुर्याएकाे योगदानको उच्च कदर गर्दै पाँच वर्षअघि स्थापना भएको रेडियो टाइगर ९९.२ मेगाहर्जसहित भदै थारु र ठग्गु थारुलाई सम्मान गरिएको हो ।
गएको असार ३१ गते उहाँहरुलाई सम्मान गर्नुपर्ने भए पनि कोरोना भाइरसका कारण औपचारिक कार्यक्रम स्थगित भएको डिभिजन वन कार्यलयका सहायक प्रमुख दोर्णराज शर्माले बताउनुभयो । जिल्ला समन्वय प्रमुख शङ्करप्रसाद थारु, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लद्वारा हस्तक्षरित सम्मान पत्र बुधवार विश्व वन्यजन्तु दिवसको अवसर पारि एक कार्यक्रमका बीच सम्मान गरिएको सहायक प्रमुख शर्माले बताउनुभयो ।
बर्दियाका उज्यालो सहकर्मी पत्रकार भावुक योगी गएको वर्ष फागुन १८ गते आयोजित ३५ औँ वार्डेन सम्मेलन तथा १७ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक तथा सम्मेलनबाट पनि सम्मानित हुनुभएको थियो ।
यसैबीच दिनहुँ बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग संरक्षण क्षेत्र आसपासमा पाटेबाघ आक्रमणका घटना बढ्न थालेपछि सम्पूर्ण स्थानीयलाई सचेत रहनसमेत डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।