उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोबाेटको यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ ।
पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको बीबीसीको खबरमा उल्लेख छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई हप्ता पूरा भइसकेको छ ।
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको झण्डै सात महिनापछि गएको फागुन ७ गते मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो । दुई हप्तामा वैज्ञानिकले यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।
खोजका लागि मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्राग ऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् । तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्सले विभिन्न परीक्षणहरू गर्नेछ ।
पर्सिभिअरन्स रोबाेटले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त ठाउँ खोज्नेछ । हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।