धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सत्तारुढ नेकपा एमालेकाे माधवकुमार नेपाल पक्ष सहभागी नभएकाे केन्द्रीय कमिटी बैठकले दशाैँ महाधिवेशनकाे मिति ताेकेकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले दशौँ अधिवेशन आउँदो मङ्सिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आउने महाधिवेशन मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, ‘आज बसेकाे बैठकले आउँदाे मङ्सिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाे छ ।’
यसैबीच बैठकले सत्तारुढ नेकपा एमालेको अध्यक्ष र महासचिवबाहेकको पदाधिकारी खारेज गरेको छ । बैठकले एमालेका पदाधिकारीलाई खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको हो ।
एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए । भण्डारी राष्ट्रपति हुनुहुन्छ भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् ।
महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभएको थियो भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहनुभएको थियो । भुसाल नेपाल पक्षमा हुनुहुन्छ भने पौडेल ओलीको पक्षमा हुनुहुन्छ ।
सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहनुभएको थियो । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।