केपी ओली कपको उपाधि मच्छिन्द्रलाई, सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी

 फागुन २०, २०८१ मंगलबार ६:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र एफसीले उपाधि जितेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं मिनेटमा मच्छिन्द्रका स्टेफन जमाहा जालीको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो । योसँगै मच्छिन्द्रले तीन पटक ओली कपमा उपाधि जितेर ह्याट्रिक गरेको छ ।

यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो । यो सिजन चौथो प्रतियोगिता खेलेर पहिलो पटक फाइनलमा पुगे पनि आर्मीले उपाधि जित्न सकेन ।

यो प्रतियोगितामा मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले र सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले पराजित गरेको थियो ।

आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनलमा सङ्कटालाई २–१ ले हराएको थियो ।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार १ सय ११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलमा  विश्वकप विजेता इटालियन पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थिति रहेको थियो ।

यसैबीच मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनलाई १ लाख रुपैयाँ र मोटरसाइकल प्रदान गरिएको छ । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया