केपी ओली कपको उपाधि मच्छिन्द्रलाई, सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी
फागुन २०, २०८१ मंगलबार
मकवानपुर - हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् ।
ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् ।
अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो ।
पटक-पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेतावनी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि कारबाही गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।