माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

 चैत १, २०७७ आइतबार ११:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पेरिसडाँडामा भइरहेकाे बैठकमा सरकारबाट फिर्ता बोलाए पनि नफर्किएका मन्त्रीहरुलाई कारबाही गर्नेबारे छलफल भइरहेको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकले सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । तर, निर्देशन दिए पनि गृहमन्त्री थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता हुनुभएको छैन ।

केन्द्रीय कमिटी बैठक माओवादीले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनु भएको छ । माओवादीमा नफर्किने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया