उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेदरल्याण्ड्सले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध लगाएको छ ।
आउँदो २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।
नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।
युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।
डेनमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरेर सम्भावित गम्भीर ‘साइड-इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको नेदरल्याण्ड्स सरकारले जनाएको छ ।
खोपका सम्बन्धमा रहेको शङ्का हटेपछि मात्रै अघि बढ्ने त्यहाँका स्वास्थ्यमन्त्री हुगो डी जोङ्गेले बताएका बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।