धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन साेमवार बसेको बैठकमा २० जना सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको हो ।
नयाँ सरकार बनाउने विषयमा अन्य दलसँग छलफल र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनको विषयलाई उठाउनुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने र त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूको जवाफ नआइसकेकाले यसबारेमा छिट्टै निर्णय गर्ने उहाँको भनाइ छ । आइतवारकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र पार्टीको कार्यभारबारे रिर्पोटिङ गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।