भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साेमवार १८ अङ्कभन्दा धेरैले घटेको छ । व्यापार, होटल, म्युचल फण्ड र उत्पादनबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव सात अङ्कले घटेर २३ सय ८९ दशमलव १९ विन्दुमा झरेको छ ।
सोमबार बैंकिङ समूहको शेयर १७ अङ्कले, विकास बैंकको शेयर ११ अङ्कले, फाइनान्सको सात अङ्कले, अन्यको ३८, माइक्रो फाइनान्सको २५, जीवन बीमा समूहको एक सय २१ र निर्जीवन बीमा समूहको शेयर एक सय ९२ अङ्कले घटेको छ ।
सोमबार दुई सय १२ कम्पनीका ९६ लाख चार हजार कित्ता शेयर चार अर्ब २४ करोड ८४ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भयो ।
सोमबार हिमालयन पावर पार्टनर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी, पञ्चकन्यामाई र आँखुखोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।